काठमाण्डौ । अमेरिकी डलरको भाउ आज शुक्रबार पनि ह्वात्तै घटेको छ। डलरको भाउ हिजो बिहीबारको तुलनामा ९३ पैसाले घटेको हो।
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि शुक्रबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर ११९.८८ रुपैयाँ र बिक्रीदर १२०.४८ रुपैयाँ रहेको छ। हिजो बिहीबार प्रतिडलर खरिददर १२०.८१ रुपैयाँ र बिक्रीदर १२१.४१ रुपैयाँ कायम भएको थियो।
डलरको भाउ यो साता लगातार घटिरहेको छ। गत शनिबार बढेको डलरको भाउ दुई स्थिर रहँदै लगातार चार दिनदेखि घटिरहेको छ। यो चार दिनको अवधिमा डलरको भाउ २.१५ रुपैयाँ घटिसकेको छ।
यो साता बुधबार प्रतिडलर खरिददर १२१.३१ रुपैयाँ र बिक्रीदर १२२.२१ रुपैयाँ कायम भएको थियो। जुन मंगलबारको तुलनामा ३४ पैसाले घटेको थियो।
गत मंगलबार पनि डलरको भाउ ८ पैसाले घट्दै प्रतिडलर खरिददर १२१.६९ रुपैयाँ र बिक्रीदर १२२.२९ रुपैयाँ कायम भएको थियो।
गत सोमबार र आइतबार डलरको भाउ स्थिर रहेको थियो। यो दुवै दिन प्रतिडलर खरिददर १२२.०३ रुपैयाँ र बिक्रीदर १२२.६३ रुपैयाँ कायम भएको थियो। जब गत शनिबार ६१ पैसा भाउ बढ्दै प्रतिडलर खरिददर १२२.०३ रुपैयाँ र बिक्रीदर १२२.६३ रुपैयाँको उचाइमा पुगेको थियो।
डलरको भाउले गत अप्रिल २२ मा नेपालकै इतिहासमा सर्वाधिक उचाइ कायम गरेको थियो। यो दिन प्रतिडलर खरिददर १२२.६४ रुपैयाँ र बिक्रीदर १२३.२४ रुपैयाँ रहेको थियो।
25 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago