काठमाण्डौ । अमेरिकी डलरको विनिमय दर बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि १ अमेरिकी डलरको विनिमय दर १२४.४१ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो।
यसअघि गत मंगलबार (वैशाख २७ मा) १२३.४४ रुपैयाँ पुगेको थियो । त्यसअघि गत फागुन २४ मा १ अमेरिकी डलरको विनिमय दर १२३.४४ रुपैयाँ र २०७७ वैशाख १० मा १२३.२४ रुपैयाँसम्म पुगेको थियो।
गत असारको तुलनामा चैतसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.०४ प्रतिशतले कमजोर भएको राष्ट्र बैंकले जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.४८ प्रतिशतले बलियो भएको थियो।
पछिल्ला ४ वर्षमा डलर भाउ करिब १९ रुपैयाँ बढेको छ। गत डिसेम्बर २०१७ मा १ अमेरिकी डलरको भाउ १०२ रुपैयाँमात्रै थियो।
विश्व बजारमा अमेरिकी डलरको माग अकासिएपछि भाउ पनि बढेको हो। तर, पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्न थालेपछि डलरको मूल्य पनि उकालो लागेको हो । त्यसको असर भारुहुँदै नेपाली मुद्रासम्म आइपुगेको जानकारहरु बताउँछन्। नेरु र भारुबीच स्थिर विनिमय दर छ।
डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पर्छ। यसरी रेमिट्यान्स र एफडीआईमा आएको सुधारले मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ । नेपालले पर्यटन र निर्यातमा राम्रो सुधार गरेर पनि डलर बलियो हुनुको लाभ लिन सकिने जानकारहरु बताउँछन्।
27 minutes ago
53 minutes ago
1 hour ago
1 hour ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
14 hours ago