काठमाण्डौ। अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर बनेको छ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्री दर १२६.३४ रुपैयाँ पुगेको छ। अर्थात अब १ डलर खरिद गर्न १२६ रुपैयाँभन्दा बढी खर्च गर्नुपर्नेछ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै अमेरिकी डलरको बलियो बन्दै गइरहेको छ। रुस–युक्रेन युद्धका कारण अमेरिकी डलरको माग उच्च हुँदा यसको भाउ पनि बढ्दै गएको हो।
यसअघि अमेरिकी डलरको बिक्रीदर १२५.६६ रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च थियो। यो उच्च दरबाट घटेर स्थिर बनेको डलरको भाउले पुनः नयाँ रेकर्ड बनाएको हो।
नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ। अमेरिकी डलरको भाउ उतारचढाव हुँदा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ।
डलरको भाउ बढ्दा देशमा भित्रिने रेमिट्यान्स बढ्छ। निर्यातजन्य व्यापारमा समेत यसले राहात दिन्छ। तर, आयातमुखी अर्थतन्त्रमा डलरको भाउ बढ्दा व्यापार घाटामा झनै चाप पर्छ। देशमा आयात हुने सामानको भुक्तानी डलरमा गर्नुपर्ने बाध्यताले यस्तो अवस्था बनाउँछ।
यस्तै, देशले लिएको वैदेशिक ऋणको भारसमेत डलरको भाउ बढ्दा बढ्छ।
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
16 hours ago