काठमाण्डौ । नेपाली बजारमा बिहीबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३१.४१ रुपैयाँ र खरिददर १३०.८१ रुपैयाँ कायम भएको छ। जुन नेपाली बजारमा हालसम्मकै उच्च हो।
यसअघि गत मंगलबारका लागि तय गरेको विनिमय दरअनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३०.९० रुपैयाँ र खरिददर १३०.३० रुपैयाँ कायम भएको थियो। जुन नेपाली बजारमा हालसम्मकै उच्च थियो।
मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकाको फेडरल रिजर्भले ब्याजदर बढाएको छ। योसँगै डलर पनि विश्व बजारमा बलियो बन्दी गएको छ। गत सोमबार बेलायतको पाउन्ड स्टेर्लिङ डलरको तुलनामा हालसम्मकै कमजोर अवस्थामा पुगेको थियो।
उता भारतीय रुपैयाँ पनि डलरको तुलनामा कमजोर बन्दै गएको छ। नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ। अमेरिकी डलरको तुलनामा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ।
डलरको भाउ बढ्दा देशमा भित्रिने रेमिट्यान्स बढ्छ। निर्यातजन्य व्यापारमा समेत यसले राहात दिन्छ। तर, आयातमुखी अर्थतन्त्रमा डलरको भाउ बढ्दा व्यापार घाटामा झनै चाप पर्छ। देशमा आयात हुने सामानको भुक्तानी डलरमा गर्नुपर्ने बाध्यताले यस्तो अवस्था बनाउँछ।
यस्तै देशले लिएको वैदेशिक ऋणको भारसमेत डलरको भाउ बढ्दा बढ्छ।
14 minutes ago
1 hour ago
27 minutes ago
46 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago