काठमाण्डौ । सामान्य उतारचढावका बीच अमेरिकी डलरले आज बिहीबार नेपालकै इतिहासमा उच्च विनिमय दर कायम गर्न सफल भएको छ।
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बिहीबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२२.०१ रुपैयाँ बिक्रीदर १२२.६१ रुपैयाँ कायम भएको छ। यो हालसम्मकै डलरको उच्च विनिमय दर हो।
यसअघि गत अप्रिल ९ तारिखमा डलरको विनिमय दर हालसम्मकै उच्च कायम भएको थियो। यो दिन प्रतिडलर खरिददर १२१.९० रुपैयाँ र बिक्रीदर १२२.५० रुपैयाँ कायम भएको थियो।
आज बिहीबार भने डलरको भाउ हिजो बुधबार तुलनामा २७ पैसाले बढेको छ। हिजो बुधबार डलरको भाउ प्रतिडलर खरिददर १२१.७४ रुपैयाँ र बिक्रीतर १२२.३४ रुपैयाँ रहेको थियो।
महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको त्रास विश्व अर्थतन्त्र खस्किएको बेला अमेरिकी डरल बलियो बन्दै गएको छ भने नेपाली रुपैयाँ झनै कमजोर बन्दै गइरहेको छ। डलरको भाउ बढ्नेबित्तिकै विदेशी सामानहरू नेपालीका लागि महँगो हुन जाने भएकाले यसको असर प्रत्यक्ष रुपमा नेपाली अर्थतन्त्रमा देखिने अर्थविद्हरु बताउँछन्।
नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेका कारण पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर भएको छ।
22 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago