काठमाण्डौ । फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम जस्ता लोकप्रिय एप्सको मूल कम्पनी मेटाको पहिलोपटक आम्दानी घटेको छ।
हालै सार्वजनिक त्रैमासिक नतिजा पहिलोपटक मेटाको आम्दानीमा कमी आएको हो। मन्दी र बढ्दो प्रतिस्पर्धाको डरले कम्पनीको डिजिटल विज्ञापन बिक्री प्रभावित भएको हो।
नतिजापछि कम्पनीको सेयरभाउ ४.६ प्रतिशतले घटेको छ। मेटाको अनुमान अनुसार तेस्रो त्रैमासिकमा आम्दानी २६ अर्ब डलर पुग्न सक्छ।
कम्पनीका अनुसार यो त्रैमासिकमा आम्दानी१ प्रतिशतले घटेर २८.८ अर्ब डलर पुगेको छ। टिकटकजस्ता प्रतिस्पर्धी बजारमा आएका कारण कम्पनीको आम्दानीमा असर पर्न थालेको छ।
गत त्रैमासमा कम्पनीको राजस्व २९.१ अबर्ड डलर थियो।
कम्पनीको फ्ल्यागसिप एप फेसबुकमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ९३ करोड रहेको विश्लेषकको अनुमान छ। सक्रिय प्रयोगकर्ताको संख्या यो त्रैमासिकमा १ प्रतिशतले बढेको छ। योसँगै दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ९७ करोड पुगेको छ।
अन्य अन्तर्राष्ट्रिय कम्पनीजस्तै मेटाले पनि आयसँग सम्बन्धित चुनौतीको सामना गरिरहेको छ।
लगातार बढ्दै गएको डलरका कारण कम्पनीलाई पनि असर परेको छ। डलर बलियो बन्दै गएकाले अन्य देशको आम्दानी घट्दै गएको छ। किनकि त्यहाँको मुद्रा डलरको तुलनामा कमजोर हुँदै गइरहेको छ।
मेटाले तेस्रो क्वाटरमा ६ प्रतिशतले आम्दानी वृद्धि हुने अपेक्षा गरेको छ। –एजेन्सी
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago