काठमाण्डौ । आज आइतबार डलरको र युरोको भाउ बढेको छ भने पाउन्ड स्टेर्लिङको घटेको छ।

नेपाल राष्ट्र बैंकले आज आइतबार विदेशी मुद्राका लागि तय गरेको विनिमय दरअनुसार डलर र युरोको बढेको हो भने पाउन्ड स्टेर्लिङको भाउ घटेको हो। 

आज डलरको भाउ १२ पैसाले बढेको छ। यो बढोत्तरीसँगै आज प्रतिडलर खरिददर ११७.३६ रुपैयाँ र बिक्रीदर ११७.९६ रुपैयाँ कायम भएको छ। गत शुक्रबार डलरको भाउ १२ पैसाले घटेर ११७.२४ रुपैयाँ र बिक्रीदर ११७.८४ रुपैयाँ कायम भएको थियो। 

यसैगरी आज युरोको भाउ पनि २४ पैसाले बढेको छ। योसँगै प्रतियुरो खरिददर १३९.०२ रुपैयाँ र बिक्रीदर १३९.७३ रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार युरोको भाउ ७५ पैसाले घटेको थियो। यो दिन प्रतियुरो खरिददर १३८.७८ रुपैयाँ र बिक्रीदर १३९.४९ रुपैयाँ कायम भएको थियो। 

आज पाउन्ड स्टेर्लिङको भाउ भने १.८८ रुपैयाँले घटेको छ। यो गिरावटसँगै प्रतिपाउन्ड स्टेलिङ खरिददर १५०.४१ रुपैयाँ र बिक्रीदर १५१.१८ रुपैयाँ कायम भएको छ।  

गत शुक्रबार भने पाउन्ड स्टेर्लिङको भाउ ४१ पैसाले बढेको थियो। यो दिन प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५२.२९ रुपैयाँ र बिक्रीदर १५३.०७ रुपैयाँ कायम भएको थियो। 

आज अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ –