काठमाण्डौ । आज सेयर बजार दिनभर नै बिक्री दबाबमा पर्यो। पहिलो सुरुआती चरणमा केही अंक बढेर कारोबार भएको बजार अन्तमा करिब १७ अंकले घटेर १८२१ मा बन्द भएको छ।
प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बियरिस मारुबुजु क्यान्डल बनेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ।
पछिल्लो समय जनवरी महिनामा बजारले २२७५ मा उच्च विन्दु बनाएको देखिन्छ। त्यहाँबाट यताको बजारलाई नियालेर हेर्दा आज बजारले पछिल्लो पटकको न्यून विन्दु १८३५ लाई ब्रेक गरेर नयाँ लोवर लो बनाएको छ (हेर्नुहोस् माथि मुख्य तस्बिरमा)। यसले बजारमा बिक्री दबाब रहेको बुझिन्छ।
यदि बजार १८३५ भन्दा माथि–माथि टिकेर बन्द हुन्थ्यो भने बजारमा हायर लोको सम्भावना जीवित नै रहन्थ्यो अर्थात बजारको अप ट्रेन्डको सम्भावना देखिन्थ्यो। तर, आज बजार त्यहाँबाट तल झरेर अघिल्लो पटकको न्यून विन्दुबाट पनि तल झरेर नयाँ लोवर लो बनाएको छ। यसले डाउ थेउरीमा बजार बियरिस हुँदै गएको बझिन्छ।
घट्दो बजारमा आज कारोबार पनि बढेको छ। यसले राम्रो संकेत गर्दैन।
बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा केही समयपहिले मध्य ब्यान्डबाट तल झरेको मूल्यरेखाले आज करिब तल्लो ब्यान्डलाई छुन खोजेको देखिन्छ। योसँगै ब्यान्ड केही बाङ्गिएको पनि छ। यसले बजारमा आगामी दिनमा बिक्री दबाब झनै पर्न सक्ने देखिन्छ।
म्याक्डीमार्फत हेर्दा बियरिस क्रसओभर भ्यालिड नै रहेको छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन्। आरएसआई ३४ को ओभर सोल्ड जोननजिक रहेको छ। घट्दो बजारमा यस्तो विन्दु ३० भन्दा तलसम्म आउन सक्छ।
सपोर्ट विन्दुबाट हेर्दा बजारको अबको बलियो सपोर्ट यसअघिको सपोर्ट विन्दु १८१० तथा १८०३ आसपास देखिन्छ। अन्यथा यदि १८०० भन्दा तल जान्छ भने बजारले १७६० आसपासमा बलियो सपोर्ट लिन सक्छ।
बढेमा भने बजारले क्रमशः १८३५, १८६० र १८९० मा प्रतिरोध सामना गर्न सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
8 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago