काठमाण्डौ । पछिल्लो समय नेपाली कांग्रेसमा प्रभावशाली नेताको छवि बनाएका डा. शेखर कोइरालाले यसपटकको चुनाव जित्नसक्ने सम्भावना देखिएको छ । 

मोरङको क्षेत्रनम्बर ६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेद्वारी दिएका डा. कोइरालाले यसपटक एमालेका कुनै बेलाका चर्चित नेता लालबाबु पण्डितलाई हराउने सम्भावना देखिएको हो । 

फ्याक्ट्स नेपालले गरेको एक्जिट पोलमा यस्तो नतिजा देखिएको हो । 

सो संस्थाका अनुसार डा. कोइराला खसेको मतमध्ये ४४ प्रतिशत हाराहारी ल्याएर जित्ने देखिएको छ । 

उनका निकटमत प्रतिद्वन्द्वीको रुपमा एमालेका लालबाबु पण्डितले ३० प्रतिशत हाराहारी मतमै चित्त बुझाउनुपर्ने अवस्था देखिएको छ । 

सो क्षेत्रमा राप्रपाका उम्मेद्वारले १५ प्रतिशत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार ३ प्रतिशत हाराहारीको मत मात्र पाएका देखिएको छ ।