काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले क्यूआर कोडको सुरुआत गरेकोछ। 

रुपन्देहीका भैरहवास्थित सिद्धार्थनगरमा बैंकद्वारा आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकको सिद्धार्थनगर कार्यालयका निर्देशक सुदीप फुयालले नेपाल ई–रिक्सा संघमा आबद्ध ई–रिक्साहरुलाई क्यूआर कोड हस्तान्तरण गर्दै यो डिजिटल भुक्तानी सेवाको सुरुआत गरेका हुन्। 

कार्यक्रममा डिजिटल बैंकिङको आवश्यकता र महत्वका बारेमा प्रकाश पार्दै निर्देशक फुयालले आर्थिक कारोबारलाई सहज, सरल र सविधायुक्त बनाई डिजिटल बैंकिङका माध्यमबाट हरेक क्षेत्रलाई डिजिटलमैत्री बनाउनुपर्ने बताए। 

ई–रिक्सा चालक संघ सिद्धार्थनगरका अध्यक्ष हरिबहादुर नेपालीले डिजिटल कारोबारले आफूहरुलाई उत्साहित पारेको जानकारी दिए।

कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेश न्यौपानेको समेत उपस्थिति थियो।