काठमाण्डौ । विश्व बजार हिजो आज मानवरहित सुविधा वा डिजिटलाइज हुने क्रममा अघि बढिरहेको छ। बढ्दो प्रविधिको प्रयोगसँगै हरेक क्षेत्रमा गरिने कामहरु छिटोछरितो र भरपर्दो सुविधाका लागि डिजिटल प्रविधि पछिल्लो समय तपाइँ हामीबीच लोकप्रिय हुँदैछ। त्यसको एक उदाहरण हो www.sajilodine.com।

पछिल्लो समयको कोभिड–१९ ले सिर्जना गरेको महामारीबीच सञ्चालमा आएको ‘सजिलो डाइन’ होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरुमा सामाजिक तथा भैतिक दूरी कायम गर्दै वयेटर विना आफूलाई चाहेको मेन्यु अर्डर गर्न सकिने ई–मेन्यु हो, सजिलो डाइन। डाइनले उच्चतम प्रविधिको प्रयोग गर्दै होटेल तथा रेस्टुरेन्टमा खाना तथा नास्ता गर्न जाने ग्राहक र सर्भिस कम्पनीलाई सहज हुने गरी डिजिटल क्यूआर स्क्यानर मेन्यु उपलब्ध गराएको हो। 

सजिलो डाइन होटेल तथा रेस्टुरेन्टका लागि उपलब्ध गराइएको एक डिजिटल क्यूआर स्क्यानर मेन्यु हो। यो प्रयोग गर्नसमेत एकदमै सहज र सरल छ। ग्राहकले आफ्नो टेवलमा रहेको क्यूआर कोडलाई आफ्नो मोबाइलमा रहेको जुनसुकै क्यूआर स्क्यानरले स्यान गरी उक्त होटेल तथा रेस्टुरेन्टमा उपलब्ध आजका मेन्युहरु आफ्नै मोबाइलमा देख्न र चाहेको परिकार तत्कालै अर्डर गर्न सक्नेछन् भने अर्डर मेन्युको मूल्यसमेत थाहा पाउन सक्नेछन्। ग्राहकले गरेको अर्डर सफ्टवेयरका माध्यमबाट सीधै सर्भिस दिने कम्पनीको एड्मिन र किचनमा पुग्दछ। जसले गर्दा ग्राहकले बेटर पर्खनुपर्ने झन्झटबाट मुक्त पाउनेछन् भने अर्कातिर समयको बचत हुनेछ। 

कम्पनीका सञ्चालकका अनुसार नेपालका बैंकिङ, शिक्षा, बीमा, सपिङ सेन्टरहरु आदिमा रकम भुक्तानीका लागि  प्रयोगमा आएको क्यूआर स्क्यानर होटेल तथा रेस्टुरेन्टको मेन्यु स्क्यानका लागि प्रयोगमा ल्याएको भने नेपालमै यो पहिलोपटक हो। 

राजधानीका विभिन्न १०० भन्दा बढी होेटल तथा रेस्टुरेन्ट तथा पे.पे. पिज्जाका सबै शाखाहरुमा  सञ्चालनमा आइसकेको ‘सजिलो डाइन’ सफ्टवेयर प्रयोग गर्न चाहने जुनकुनै होटेल, रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रका व्यवसायीहरुले न्यूनतम शुल्कमा नै यो सुविधा प्रयोग गर्न सक्ने छन्। जसका लागि यो सेवा प्रयोग गर्न चाहने कम्पनीले वार्षिक मात्र ३ हजार रुपैयाँ तिरे पुग्छ।