काठमाण्डौ । कोभिडको दोस्रो लहर बढेसँगै नेपाल बैंकर्स संघ (एनबीए) ले ग्राहकलाई डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्न आग्रह गरेको छ।
एनबीएले आइतबार एक विज्ञप्ति जारी गर्दै ग्राहकलाई डिजिटल माध्यमबाट बैंकिङ कारोबार घरैबाट गर्न अनुरोध गरेको हो। ‘मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत एक खाताबाट अर्कोमा रकम स्थानान्तरण, खाता व्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीलगायतका कार्य गर्न सकिन्छ’, विज्ञप्तिमा भनिएको छ।
यसैगरी सामान खरिद गर्दा उपलब्ध भएसम्म कार्डको प्रयोग तथा क्यूआरमार्फत भुक्तानी गरी सकेसम्म नगद कारोबार कम पनि एनबीएले आग्रह गरेको छ।
ग्राहकको सहजताका लागि निषेधाज्ञा अवधिभर मुद्दति खाता नवीकरणसमेत सम्बन्धित बैंकलाई ई–मेलमार्फत अनुरोध गर्न सकिने एनबीएले जनाएको छ। ‘कुनै परिस्थितिवश ई–मेल गर्न नसकिएको खण्डमा निषेधाज्ञा समाप्त भएको ७ दिनपछिसम्म मुद्दति परिपक्व भएको मितिबाट नै लागू हुने गरी नवीकरण गर्न सकिनेछ’, विज्ञप्तिमा उल्लेख छ।
बैंकिङ कारोबार वा बैंकसँग सम्बन्धित अन्य कुनै सेवा, सुझाव, गुनासो भएको खण्डमा बैंकको वेबसाइटमा सम्बन्धित अधिकारीको सम्पर्क नम्बर राखिएको तथा कल सेन्टर सेवासमेत उपलब्ध रहेको एनबीले जनाएको छ।
20 minutes ago
31 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago