काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा डाकेको छ। 

संस्थाको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आउँदो चैत २० गते वार्षिक साधारणसभा डाकेको हो। सभा चितवनको सौराहास्थित होटेल मोनालिसामा हुनेछ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरको कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १५ प्रतिशतले हुन आउने बोनस सेयर र ५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) रहेका छन्। 

संस्थाको हालको चुक्तापुँजी १ अर्ब ५४ लाख ३३ हजार ५७४.५१ रुैयाँ रहेको छ। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले आउँदो चैत १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब चैत ९ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।