काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ५१ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।
आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफा गत वर्षको यही अवधिको तुलनामा ९६.०९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २६ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
संस्थाको सञ्चालन मुनाफा पनि ९२.२१ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा २६ करोड २० लाख रुपैयाँमा सीमित यस्तो मुनाफा यो अवधिमा बढेर ५० करोड ३६ लाख रुपैयाँको उचाइमा पुगेको छ।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ४७.८० प्रतिशतले बढेर ९८ करोड ६८ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ६६ करोड ७६ लाख रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिमा संस्थाले ७ अर्ब ४७ करोड रुपैयाँ सापटी लिई १५ अर्ब ११ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ६ अर्ब ६५ करोड रुपैयाँ सापटी लिई १२ अर्ब ६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
संस्थाको रिजर्भको आकार पनि ३७.८३ प्रतिशतले बढेर १ अर्ब १३ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा ८२ करोड ३८ लाख रुपैयाँ रहेको थियो।
संस्थाले निष्क्रिय कर्जामा व्यापक सुधार गरेको छ। गत वर्ष २.५८ प्रतिशत रहेको निष्क्रिय कर्जा समीक्षा अवधिमा घटेर ०.५३ प्रतिशतमा झरेको छ।
चुक्तापुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ५१.९५ रुपैयाँ रहेको छ। पीई रेसियो ३०.८९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १९८.२१ रुपैयाँ रहेको छ।
3 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
7 hours ago