काठमाण्डौ । अमेरिकाले वर्षेनी विभिन्न देशका नागरिकहरुका लागि खुलाउँदै आएको डिभी चिठ्ठाको कार्यक्रम रद्ध हुनसक्ने संभावना बढेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले बुधबार बसेको ह्वाइट हाउसमा बसेको मन्त्रीपरिषद बैठकमा डिभी चिठ्ठा कार्यक्रम खारेजीको प्रस्ताव गरेका हुन् । उनले बुुधबार न्यूूयोर्कमा भएको आतंकवादी आक्रमणमा डिभी भरेर अमेरिका पुुगेका आप्रबासीहरुको संलग्नता पुुष्टि भएपछि ट्रम्पले यस्तो प्रस्ताव गरेका अमेरिकी मिडियाहरुले जनाएका छन् । 

अमेरिकाले वर्षेनी डिभी चिठ्ठा कार्यक्रममार्फत विभिन्न देशका ५० हजार नागरिकलाई स्थायी आवास अनुमति दिंदै आएको छ । डोनाल्ड ट्रम्प सत्तामा आएलगत्तै डिभी चिठ्ठा खारेजीको मूडमा थिए । पछिल्लो आतंकवादी आक्रमणमा डिभी चिठ्ठा परेर अमेरिका गएकाहरुको संलग्नता देखिएपछि ट्रम्पलाई आफ्नो पूर्व योजना(डिभी चिठ्ठा खारेज गर्ने योजना) कार्यान्वयन सहज बनेको मिडिया रिपोर्टमा बताइएको छ । 

ह्वाइटहाउसमा बसेको बैठकमा ट्रम्पले भनेको कुरा उद्धृत गर्दै मिडिया रिपोर्टमा भनिएको छ–‘डिभी चिठ्ठा आतंकवादीहरु ऋमेरिका प्रवेश गर्ने माध्यम बन्यो । मैले आजबाटै डिभी चिठ्ठा कार्यक्रम रद्धको प्रक्रिया सुरु गरेको छुु । यो कार्यक्रम खारेजीका लागि म अमेरिकी संसदमा समेत विशेष प्रस्ताव लैजानेछुु ।’

उनले आफू पहिलादेखि नै डिभी चिठ्ठा कार्यक्रमको विपक्षमा रहेको समेत सो क्रममा बताएका मिडिया रिपोर्टमा उल्लेख छ ।