काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले स्थानीय सेयरधनीहरुलाई हितग्राही (डिम्याट) खाता खोली सेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ।
कम्पनीले आज एक सूचना प्रकाशित गरी दोलखा जिल्लाका स्थानीयका लागि बाँडफाँड गरिएको सेयर भौतिक प्रमाणपत्र वितरण नगरी सेयरधनीको सुविधाका लागि सोझै सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा हुने व्यवस्था गरिएको जनाएको छ। त्यसैले हालसम्म पनि धेरै सेयरधनीहरुले डिम्याट खाता उपलब्ध गराई सेयर अभौतिकीकरण गर्न बाँकी रहेकोले यथाशीघ्र सेयर अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ।
सेयर डिम्याट खातामा अभौतिकीकरणपश्चात मात्र सेयर खरिदक्रिी गर्ने सुविधा प्राप्त गर्नका साथ भविष्यमा वितरण गर्ने बोनस सेयर तथा अन्य सुविधा हितग्राही खातामा जम्मा हुने पनि कम्पनीले स्पष्ट पारेको छ।
सेयर रजिस्ट्रार सनराइज क्यापिटलबाट यही असार मसान्तसम्म निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गरिएको पनि कम्पनीले जनाएको छ। ‘त्यसैले यो सुविधाको उपयोग गरी हितग्राही खाता खोली अभौतिकीकरण गर्न बाँकी रहेका आयोजना प्रभावित स्थानीय सेयरधनीलगायत सम्पूर्ण सेयरधनीहरुलाई यथासक्य असार मसान्तसम्म निःशुल्क खाता खोली सेयर अभौतिकीरण गर्न आग्रह गर्दछौँ’, कम्पनीले भनेको छ।
यसैगरी काठमाण्डौको कमलपोखरीस्थित सनराइज क्यापिटलको कार्यालय र सनराइज बैंकका सम्पूर्ण शाखामा गएर पनि डिम्याट खाता खोल्न सकिने कम्पनीले जनाएको छ।
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago