काठमाण्डौ । सेयर बजारमा आकर्षण बढेसँगै डिम्याट खाता खोल्ने र ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या पनि ह्वात्तै बढेको छ।

आईपीओ भर्न र सेयर कारोबार गर्न डिम्याट खाता र मेरो सेयर आवश्यक पर्छ। सोही कारण पनि पछिल्लो समय डिम्याट खाता खोल्ने र मेरो सेयर लिनेको संख्या ह्वात्तै बढेको हो। 

सीडीएससीका अनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ४६ लाख बढी पुगेको छ। सीडीएससीको तथ्यांकअनुसार डिम्याट खाता खोल्नेको संख्या ४६ लाख १८ हजार ६२० पुगेको छ। 

हालसम्म डिम्याट खातामा रहेको सेयरको संख्या पनि ७ अर्ब ३९ करोड २४ लाख ८४ हजार ६०४ पुगेको छ। 

सीडीएससीका अनुसार मेरो सेयर प्रयोगकर्ता पनि ह्वात्तै बढेका छन्। अहिलेसम्म मेरो सेयर प्रयोगकर्ताको संख्या पनि ३७ लाख ३४ हजार ३१९ पुगेको छ।