काठमाण्डौ । ‘१ वर्षमा २४ महिना’ योजनाका साप्ताहिक विजयी दुई भाग्यशाली ग्राहक घोषणा गरिएको छ। 

यस योजनाअन्तर्गत हरेक हप्ता लक्की ड्रमार्फत एकजनाले रु. १ लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन्। योजनाअन्तर्गत वैशाख ५ गते र वैशाख १२ गते गरिएको लक्कीड्रमा क्रमशः CAS ID 71900831042 र 02564251703 भएका ग्राहकले रु. १–१ लाख जित्न सफल भएका छन्। 

डिशहोमका ग्राहकले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलर दाइकोमा गएर डिशहोमको फन्ड ट्रान्सफरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ। 

यस लक्की ड्रको प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपा च्यानल तथा डिशहोम सोकेसमा हुने गर्दछ।