काठमाण्डौ। डिशहोमले यो वर्षको पर्वमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजनाअन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ। 

२०७८ कात्तिक १९ गतेदेखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टीभी, सिम टीभीको नयाँ कनेक्सन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए। 

पुस १६ गते शुक्रबार गरिएको लक्की ड्रमार्फत CasID No. 02564078696 र 02558255824 छानिएका हुन्। यस लक्की ड्रको प्रत्यक्ष प्रशारण सरोकार टीभी, रियालिटी टीभी, नेपा च्यानललगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो। विजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यवस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन्।