काठमाण्डौ । छोटो समयमै देशभर इन्टरनेट विस्तारमा अग्रसर भइरहेको डिसहोमले सस्तो मूल्यमा उच्चगतिको इन्टरनेट प्रदान गर्दै आइरहेको छ। 

यसै क्रममा कम्पनीले मासिक ८९९ रुपैयाँमा १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराएको छ। डिशहोमले विगत केही समयदेखि विभिन्न योजनाहरुमार्फत बजारमा आक्रामक उपस्थिति जनाइरहेको छ।  

यस अफरअन्तर्गत ८९९ रुपैयाँमा १ महिना, २ हजार ६९७ रुपैयाँमा ३ महिना, ५ हजार ३९४ रुपैयाँमा ६ महिना र १० हजार ७८८ रुपैयाँमा १२ महिना अवधिको डिशहोम फाइबरनेट पाइनेछ। 

यसमा ५ गिगाहर्जको डुअल ब्यान्ड राउटर पनि उपलब्ध हुनेछ। इन्टरनेट जडानका लागि नजिकको डिशहोम डिलर दाईलाई सम्पर्क गर्न सकिने वा पैसा नलाग्ने टल फ्री नम्बरमा पनि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

अनलाइन कक्षाका लागि मासिक रु. २८८ मै इन्टरनेट

नेपालमा कोभिड–१९ को तेस्रो लहर सुरु भएसँगै यतिबेला विद्यालय बन्द छन् भने कलेजहरुले अनलाइन कक्षा सुरु गरेका छन्।

यसैबीच विद्यार्थीलाई यस्तो अवस्थामा सिकाइ नरोकियोस् भन्ने उद्देश्यले डिशहोम फाइबर नेटले स्टुडेन्ट अनलाइन क्लास प्याकेज सार्वजनिक गरेको छ। 

स्टुडेन्ट अनलाइन क्लास प्याकेजअन्तर्गत एउटा विद्यार्थीका लागि मासिक २८८ रुपैयाँ, २ जना विद्यार्थीका लागि मासिक ४८८ रुपैयाँ र ३ जना विद्यार्थीका लागि मासिक ५८८ रुपैयाँमा इन्टरनेट प्रयोग गर्न सकिनेछ। 

यो प्याकेजमा विद्यार्थीलाई अनलाइन क्लासका लागि आवश्यक पर्ने जुम, गुगल मिट, माइक्रोसफ्ट टिम्सलगायतका सफ्टवेयर चलाउन चाहिने आवश्यक ब्यान्ड विथ उपलब्ध गराइनेछ।  

अनलाइन कक्षाका लागि एकजना विद्यार्थीलाई १० एमबीपीएस, २ जना विद्यार्थीलाई १५ एमबीपीएस र ३ जना विद्यार्थीलाई २० एमबीपीएस इन्टरनेट उपलब्ध हुनेछ। 

यसबारे थप जानकारीका लागि डिशहोमको हटलाइन नम्बर ९८०१५४४००० वा नजिककको ‘डिशहोम डिलर दाइ’ कहाँ सम्पर्क गर्न सकिने बताइएको छ।