काठमाण्डौ । नेपाली टेलिभिजनमा पहिलोपटक ‘पे पर भ्यू’ (हेरेको आधारमा पैसा) हलिउड तथा बलिउड चलचित्र हेर्न सकिने सुविधा ल्याएको डिशहोममा हलिउड चलचित्र ‘टारगेट नम्बर–१’ रिलिज भएको छ ।
डिशहोमको सिनेमाघर ईन्रनेशनलमा पुस २१ मा ‘टारगेट नम्बर–१’ रिलिज भएको हो ।
दर्शकहरुले हरेक दिन उक्त चलचित्रका ६ शो हेर्न सक्नेछन् । बिहान ७ बजे र १० बजे, दिउँसो १ बजे र ४ बजे तथा साँझ ७ बजे र राति १० बजे हेर्न सकिनेछ ।
सिनेमाघर इन्टरनेशनल च्यानलमा नम्बर ९९९ ले भाषा छनौट गरेर पनि चलचित्र हेर्न सकिन्छ । हलिउड चलचित्र ‘टारगेट नम्बर वान’ हिन्दी वा अंग्रेजीमध्ये दुवै भाषामा छानेर हेर्न सकिने डिशहोम टेनवर्कले जनाएको छ ।
सिनेमाघर इन्टरनेशनल च्यानल नम्बर ९९९ मा हलिउड चलचित्र ‘टारगेट नम्बर वान’ हेर्न आईभी. आर नम्बर ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशनअनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१–४२१७६६६ मा फोन गरेर, टोल फ्रि नम्बर– १६६००१२२००० मा फोन गरेर अथवा ओडी ९९९ आफ्नो क्यासिड र हेर्न चाहेको चलचित्रको शो समय टाईप गरी साधारण एसएमएस पठाएर वा नजिकैको डिशहोम बिक्रेताकोमा सम्पर्क गरेर समेत न्यूनतम शुःल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।
4 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago