काठमाण्डौ । डिशहोममा १ वर्षको रिचार्ज गर्दा माडी गाउँपालिकाको घर्तीगाउँस्थित तारकेबाङ सत्लिमारे माडी लघु जलविद्युतका सचिव ज्ञानबहादुर खड्का र सदस्य विजयकुमार घर्तीले नगद रु. १ लाख जितेका छन्। 

डिशहोमले १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने योजना ल्याएको छ। यो योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले नजिकैको डिलरदाइकोमा गएर फन्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा सहभागी हुन पाउने छन्। 

यसका साथै यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत नगद रु. १ लाख जित्ने अवसर पाउनेछन्। 

यही अफरअन्तर्गत खड्का र घर्तीले रु. १ लाख जितेका हुन्। नमुना स्याटलाइट प्रालि डिलरअन्तर्गत रहेको घर्तीगाउँ रोल्पाका चन्द्र एलेक्त्रोनिक्सका डिलरदाइहरु चन्द्र घर्तीकोमा १ वर्ष रिचार्ज गरेर खड्का र घर्तीले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए। 

डिशहोमतर्फबाट रिजनल सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर संगीत बिष्टबाट डिलरदाइ चन्द्र घर्ती, भवनसिंह बुढा, शशिराम बुढाको उपस्थितिमा विजेतालाई पुरस्कार रकम हस्तान्तरण गरिएको थियो। 

लक्की ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपाः च्यानल र डिशहोम सोकेसमा हेर्न सकिन्छ।