काठमाण्डौ। आफ्ना ग्राहकका लागि आफ्नै एक्स्लुसिभ च्यानलहरुमार्फत नयाँ–नयाँ मनोरन्जनात्मक कार्यक्रमहरु निर्माण तथा प्रशारण गर्दै आएको डिशहोमले ‘रगतका कथाहरु’ शीर्षकमा नयाँ सिरिज निर्माण गर्ने भएको छ।
यो सिरिजको पहिलो सिजनमा १३ शृंखला हुनेछन् र प्रत्येक शृंखलामा फरक फरक कथावस्तु समेटिने छन्।
डिश मिडिया नेटवर्क र दृश्यालय सिनेमा प्रालिको संयुक्त प्रस्तुतिमा बन्न लागेको यस शृंखलाको सम्झौतापत्रमा डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्य र लेखक/निर्देशक किरण विकले हस्ताक्षर गरेका छन्।
‘हामी अलि फरक तरिकाको कथाहरु टीभीका दर्शकलाई दिन चाहन्थ्यौँ, त्यसैबेला किरण केही फरक कथा छन् भन्दै आउनुभयो। पटक–पटकको छलफल र पहिलो एपिसोड हेरेपछि हामीले खोजेजस्तै फरक खालको कन्टेन्ट बन्ने भएपछि डिशहोम दृश्यालय सिनेमासँग सहकार्य गर्न तयार भएको हो’, प्रवन्ध निर्देशक आचार्यले भने।
यो सिरिज देशका विभिन्न ठाउँमा छाँयाकंन हुने बताइएको छ। लेखक/निर्देशक विक भन्छन्, ‘समाजमा नभनिएका, लुकाइएका र भन्न पनि अफ्ठ्यारा लाग्ने लभ सेक्स एन्ड रिलेसनका हार्डकोर कथाहरु हामी दर्शकहरुलाई देखाउनेछौँ, नेपाली टीभीका दर्शकहरुलाई यो शृंखलाले केहि भिन्न स्वाद दिने विश्वास लिएको छु।’
यस सिरिजमा युबिना भट्टराई, सहारा कोइराला, राज कुमार दर्जी, प्रेम अधिकारी जेनिथ, नुतन, अस्मिता खनाललगायतको अभिनय रहनेछ भने गोपाल आचार्य सहनिर्देशनमा छन्।
यसका साथै स्क्रिनप्ले सावित्री रसाइली र समानता गौतमको हुनेछ।
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago