काठमाण्डौ । १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोमले आफ्ना ग्राहकलाई रु. २ लाख वितरण गरेको छ। 

यो योजनाअन्तर्गत हरेक हप्ता गरिने लक्कीड्रमार्फत विजेता बनेका काठमाण्डौ बालुवाटारनिवासी डा. वेदप्रकाश उप्रेती र बत्तीसपुतलीनिवासी बिन्दा रेग्मीलाई डिशहोमले जनही रु. १ लाख गरी २ लाख वितरण गरेको हो। पुरस्कार राशि डिशहोमका डिलरदाई स्ट्रोम नेटवर्क प्रालिका मंगल गुरुङ तथा डिशहोमका क्षेत्रीय बिक्री प्रबन्धक उज्ज्वल न्यौपानेको उपस्थितिमा वितरण गरिएको थियो।

यो योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउनेछन्। यसका साथै हरेक हप्ता लक्कीड्रमार्फत एकजनाले रु. १ लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन्।

डिशहोमका ग्राहकले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाइकोमा गएर डिशहोमको फन्ड ट्रान्सफरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ।

यस लक्कीड्र हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमको रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपा च्यानल तथा डिशहोम सोकेसमा प्रत्यक्ष प्रशारण हुने गर्दछ।