काठमाण्डौ । झापामो बिर्तामोडमा डिशहोम फाइबरनेट सेवाको सुरुआत गरिएको छ। 

बिर्तामोडमा डिशहोम फाइबरनेटको अधिकारिक बिक्रेताको उद्घाटन क्षेत्र बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेले गरेका छन्। झापाका आन्य स्थानहरूमा डीएच फाइबरनेट चाँडै पुग्ने बिक्री अधिकारी प्रोजवल अधिकारीले बताए। 

डिशहोम फाइबरनेट देशवासीमाझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना प्रयोगकर्ताको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो। डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ।

काठमाण्डौ, भक्तपुर, ललितपुर, बनेपा, हेटौँडा, इनरुवा, इटहरी, बर्दिबास, बुटवल, धरान, ढल्केबर, जनकपूर र बिराटनगरमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ। समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल बिर्तामोड पुगेको छ र छिटै नेपालका प्रमुख सहरलगायत अन्य स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ।