काठमाण्डौ। डिशहोम फाइबरनेटले उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना प्रयोगकर्ताको माग पूरा गर्न सन् २०२० मा इन्टरनेट सेवा सुरु गरेको हो। डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ।

देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ। नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै कलैया, लाहान, भैरहवा र टौदहमा पुगेको जानकारी बिक्रि प्रबन्धक मनोज शर्माले दिए। नेपालका प्रमुख सहर काठमाण्डौ, भक्तपुर, ललितपुर, हेटौँडा, इनरुवा, इटहरी, बर्दिबास, बुटवल, वीरगन्ज, धरान, जनकपुर, बिर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा र विराटनगरलगायत अन्य स्थानमा पुगिसकेको छ। छिटै नेपालगन्ज, धनगढी र नारायणघाटमा पनि विस्तार गरिने डिशहोमले जनाएको छ। 

अहिले नेपालीको घरआँगनमा चाडपर्वको मौसम छाइसकेको छ। यो रमाइलो पर्वको मौसमा थप खुसियाली र उत्साह थप्न डिशहोम फाइबरनेटले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना सञ्चालन गरेको छ। 

गत असोज ११ गतेदेखि लागू भएको यो योजनाअन्तर्गत डिशहोम फाइबरनेटको नयाँ कनेक्सन लिने चारजना भाग्यशाली ग्राहक स्पेन घुम्न जान पाउने छन्। स्पेन जाने चारजना भाग्यशाली विजेताहरुको छनौट लक्की ड्रमार्फत गरिनेछ। लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाइलो टीभी, सरोकार टीभी, रियालिटी टीभी र डिशहोमको अन्य च्यानलहरुमा हुनेछ। 

डिशहोम फाइबरनेटका बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा वा नजिकैको डिशहोम डिलर दाइलाई सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।