काठमाण्डौ । डिशहोम फाइबरनेटले ४० एमबीपीएसको इन्टरनेट जडानमा आईपीटीभी सित्तैमा दिने योजना ‘काइदाको फाइबरनेटमा फाइदाको आईपीटीभी” सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत डिशहोम फाइबरनेटको ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकले वार्षिक भुक्तानीमा आईपीटीभी सित्तैमा पाउनेछन्। डिशहोम फाइबरनेटको ४० एमबीपीएसको एक वर्षका लागि ग्राहकले भ्याटबाहेक रु. १२ हजार ९९९ खर्च गर्नुपर्ने हुन्छ।ग्राहकले यसबापत इन्टरनेट र आईपीटीभीको वार्षिक सब्सक्रिप्सनका साथै आवश्यक ड्रप वायर, राउटर र सेटअप बक्स तथा जडान सेवा सबै निःशुल्क पाउनेछन्।

यसका साथै डिशहोम फाइबरनेटले यसअघि नै १०० एमबीपीएसको इन्टरनेट मात्र रु. ८९९ मा ग्राहकलाई उपलब्ध गराइरहेको छ।