काठमाण्डौ । डिशहोम फाइबरनेटले ६०० एमबीपीएस स्पिड भएको मेगा–फाई इन्टरनेट प्रदान गर्ने भएको छ।

डिशहोमले हाई स्पिड इन्टरनेट प्रयोगकर्ताका लागि ३०० र ६०० एमबीपिएस स्पिडको इन्टरनेट प्याकेज ल्याएको छ। नेपालमा नै पहिलो पटक लेटेस्ट वाईफाई टेक्नोलोजीको वाईफाई ६ राउटर र मेस नोडमार्फत ग्राहकले हाई स्पिड इन्टरनेटको मज्जा लिन सक्नेछन्। 

डिशहोमले ल्याएको वाईफाई राउटर अहिले बजारमा पाइने  राउटरभन्दा ४ गुणा फास्टार स्पिडमा चल्ने कम्पनीले दाबी गरेको छ। AI (Artificial Intelligence), Gigabit Access, Dual-band Smart Steering, Seamless Roaming, Multi-Level Protection, More Connection & Mesh Networking जस्ता विशेषताहरु वाई–फाई ६ राउटरमा रहेको छ ।