काठमाण्डौ । नेपालभर डीटीएच र इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले काठमाण्डौको बुढानिलकण्ठस्थित हात्तीगौँडामा पनि सह–वितरण शोरुमको शुभारम्भ गरेको छ।

फागुन २२ गतेदेखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो शोरुमको सीएम ट्रेडिङअन्तर्गत रहेको लक्की ग्यालरीले सञ्चालन गर्नेछ। 

शोरुम उद्घाटनमा डिशहोमका तर्फवाट क्षेत्रीय बिक्री प्रबन्धक उज्ज्वल न्यौपाने, सेल्स अफिसर मदन सापकोटा, सागरनारायण जोशी, मार्केटिङ अफिसर अनिल ठाकुर र सीएम ट्रेडिङका तर्फबाट गोपालमान श्रेष्ठ, सेल्स अफिसर प्रकाश श्रेष्ठ र विक्रम लामाका उपस्थितिमा सम्पन्न भएको थियो।

लक्की ग्यालरीले विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा, ग्राहकमाझ पुर्याउँदै आएकोले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा पनि गर्नेछ। 

१ हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको लक्की ग्यालरी अब अझ बढी ग्राहकमाझ पुग्नको लक्ष्यका साथ काम गर्ने लक्की ग्यालरी सञ्चालक राजन श्रेष्ठले जानकारी दिए।