काठमाण्डौ । डेंगुको प्रकोप बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले कर्मचारीहरुलाई पूरा बाहुला भएका पोसाक लगाउन आग्रह गरेको छ।
मन्त्रालयले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थलवरिपरि निरन्त सफा राख्न र कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन मन्त्रालयले आग्रह गरेको छ। ‘नेपाल सरकारका सम्पूर्ण कर्मचारी एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीलाई पूरा बाहुला भएको पोसाक लगाउन मन्त्रालयले आग्रह गरेको छ।
एडिज नामको लामखुट्टेको टोकाइ डेंगु सर्छ। ‘यो लामखुट्टे विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय हुन्छ’, सूचनामा भनिएको छ, ‘त्यसैले डेंगु रोग लाग्नबाट जोगिने सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो।’
डेंगु प्रकोपलाई ध्यानमा राखेर मन्त्रालयले प्रतिकार्य योजना बनाई विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ। डेंगुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा लामखुट्टेका लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाइएको सूचनामा उल्लेख छ।
मन्त्रालयले डेंगु रोगका बारेमा सन्देशमूलक सूचना सामग्रीको प्रकाशन तथा प्रसारण पनि गर्दै आइरहेको छ।
20 hours ago
20 hours ago
21 hours ago
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
22 hours ago
23 hours ago
23 hours ago