काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहले डेंगुका बिरामीलाई अस्पताल लैजान निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने घोषणा गरेका छन्। उनले यसका लागि १०२ मा फोन गर्न आग्रह गरेका छन्।

मेयर साहका अनुसार डेंगु संक्रमित भए वा संक्रमित भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीसँग परामर्श गर्न सकिने पनि बताएका छन्। 

डेंगु रोकथामका लागि महानगरले थप कार्यक्रम पनि विस्तार गर्दै स्रोत र जनशक्तिको प्रयोग गर्दै जाने पनि मेयर साहले स्पष्ट पारेका छन्। 

यसका साथै महानगरले डेंगुको रोकथाम र नियन्त्रणमा टोल–टोल वा सामुदायिक रूपमा नै सक्रिय भएर लाग्न पनि साहले अपिल गरेका छन्। ‘डेंगु समुदायमा फैलिएकोले त्यसको रोकथाम र नियन्त्रणका लागि सचेतना तथा क्रियाशीलताको आवश्यकता छ’, उनले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्।