काठमाण्डौ । डेभलपमेन्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ सर्वसम्मतिबाट निर्वाचित भएका छन्।
एसोसिएसनको आज चितवनमा सम्पन्न १७ औँ वार्षिक साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ। एसोसिएसनका अन्य पदाधिकारी पनि सर्वसम्मतिबाट निर्वाचित छन्।
एसोसिएसनको उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरी र कोषाध्यक्षमा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरु प्रकाश पौडेल (प्रमुख कार्यकारी अधिकृत, साइन रेसुंगा डेभलपमेन्ट बैंक), श्रीचन्द्र भट्ट (प्रमुख कार्यकारी अधिकृत, ज्योति विकास बैंक) र डा. इन्द्र कट्टेल (प्रमुख कार्यकारी अधिकृत, एक्सल डेभलपमेन्ट बैंक निर्वाचित भएका छन्।
नवनियुक्त कार्यसमितिका पदाधिकारीहरुको सपथ ग्रहणसमेत सम्पन्न भइसकेको छ।
सभाले आर्थिक वर्ष २०७८–७९ को लेखापरीक्षण प्रतिवेदन र अध्यक्षको प्रतिवेदन तथा आव २०७९–८० को अनुमानित आयव्यय र लेखापरीक्षक नियुक्तिलगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ।
सभामा अध्यक्ष प्रद्युमन पोखरेलले कोभिड १९, रुस युक्रेन युद्घ, बढ्दो मुद्रास्फितिलगायतका कारणले अहिले बैंकिङ क्षेत्रलाई निकै नै अप्ठ्यारो अबस्थाबाट गुज्रिरहेको बताए। ‘तथापि सबै सदस्य बैंकहरुलाई जोखिम व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन र ग्राहक सेवालाई अझ चुस्त बनाउन अनुरोध गर्दछु’, उनले भने।
नवनिर्वाचित अध्यक्ष सुयोग श्रेष्ठले सबैको सहयोगबाट विकास बैंकहरुको हक र हितका लागि कार्य गर्न लागिपर्ने प्रतिबद्धता जनाए।
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago