काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नवप्रवेशिका लगानीकर्ताका लागि भनेर आजदेखि डेमो ट्रेडिङ अर्थात भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम (सिमुलेसन) परीक्षणका रुपमा सञ्चालनमा ल्याएको छ। 

डेमो ट्रेडिङअन्तर्गत हाल १० वट स्टकमात्रै कारोबार गर्न मिल्छ। नेप्सेले प्रतिलगानीकर्तालाई १० लाख रुपैयाँको मात्रै लिमिट दिएको छ।

डेमो ट्रेडिङको आज पहिलो दिनमै १८ अर्ब ९० करोड ८१ लाख ९१ हजार ५३ रुपैयाँको कारोबार भएको छ। डेमो ट्रेडिङमा नेप्से इन्डिक्स ३५४१.७८ मा बन्द भएको छ भने बजारमा २५.९५ अंकको गिरावट आएको छ। 

यो इन्डेक्समा आज लघुवित्त समूह ११.३५ अंकको बढोत्तरीका साथ ५८२१ को विन्दुमा बन्द भएको छ भने जलविद्युत समूह ७ अंकको गिरावटसहित ३३८८.६१ मा बन्द भएको छ। 

त्यस्तै होटेल तथा पर्यटन समूहमा १३७ अंकको गिरावटका साथ ३३८८ को बन्द भएको छ। विकास बैंक समूह ११.८६ अंकले बढ्दा उत्पादन तथा प्रशोधन समूहमा २०६ अंकको गिरावट आएको छ। अन्य समूहमा भने २७ अंकले बढेर २३१६ मा बन्द भएको छ। 

डेमो ट्रेडिङ लगानीकर्ताले एचडीएलको सबैभन्दा बढी १० अर्बको कारोबार गरेका  छन्। त्यसपछि उच्च कारोबार क्रमशः एसटीसी, एडीबीएल, सीजीएच, एनटीसी, जीबीआईएमई, डीडीबीएल, बीएफसी र एनआईसीएको भएको छ।