काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण गर्ने सिलसिलामा नवौँ जिल्ला तनहुँमा पनि कार्यक्रम सम्पन्न गरेको छ।
तनहुँ जिल्लाको सदरमुकाम दमौलीस्थित दमौली कलेजमा आज सम्पन्न भएको ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण कार्यक्रममा स्नातक तहका ९३ जना विद्यार्थीको सहभागिता रहेको थियो। कलेजका डाइरेक्टर महेन्द्र न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तव्य कम्पनीका एजेन्सी म्यानेजर तथा जागरण अभियानका केन्द्रीय सदस्य राजु ढकालले दिएका थिए।
दमौलीका कार्यालय प्रमुख माधव न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा सहभागी विद्यार्थीलाई कम्पनीका अधिकृतहरु प्रशान्तराज धमला र अखिल धमलाले बीमासम्बन्धी प्रशिक्षण दिए।
त्यसैगरी तनहुँ जिल्लाभरि बीमा जागरण अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि प्राध्यापक तथा एजेन्सी म्यानेजर दयाराम कट्टेलको अध्यक्षतामा १५ सदस्यिय बीमा जागरण राष्ट्रिय अभियान तनहुँ जिल्ला कमिटी गठन भएको छ।
27 minutes ago
34 minutes ago
42 minutes ago
50 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago