काठमाण्डौ । हरेक कारको रङले केही न केही संकेत गर्छ ! कहिल्यै सोच्नुभएको छ कि तपाइँको कारको रङले तपाइँको बौद्धिक क्षमताका बारेमा पनि संकेत गर्छ ? यदि अहिलेसम्म यो याद गर्नुभएको छैन भने यो खबर तपाइँका लागि धेरै महत्वपूर्ण छ। 

भर्खरै गरिएको एक अध्ययनले कारको रङले सवारी मालिकको ‘आईक्यू’ अर्थात बौद्धिक क्षमताका बारेमा पनि धेरै कुरा बताउने गरेको खुलासा भएको छ। यस अनुसन्धानका अनुसार निश्चित रङका सवारीसाधन चलाउने बढी बुद्धिमान हुन्छन्।

जब नयाँ कार किन्ने सोचमा हुनुहुन्छ तब तपाइँको दिमागमा गाडीको मोडल छनोट गरेपछि अर्को प्रश्न यसको रङका बारेमा आउँछ। कारको रङ फाइनल गर्नुअघि मानिसहरुले आफ्नो रोजाइसँगै परिवारका सदस्य, साथीभाइ आदिको राय लिन रुचाउँछन्। तर, तपाइँले रोज्नुभएको कारको रङ, त्यो रङले तपाइँको बुद्धिका बारेमा पनि बताउँछ।

बेलायतको स्क्र्याप कार कम्प्यारिजनले गरेको अध्ययनका अनुसार कारको रङले तपाइँ कति स्मार्ट हुनुहुन्छ भन्ने पनि बताउँछ । यस अनुसन्धानमा विभिन्न रङका सवारीसाधन मालिकहरुको इन्टेलिजेन्स कोटेन्ट (आईक्यू) परीक्षण गरिएको थियो र औसतमा सेतो रङको कार रोज्ने व्यक्तिको आईक्यू स्तर ९५.७१ रहेको पाइएको थियो। जुन सबैभन्दा बढी हो। 

अर्कोतर्फ हरियो रङको कार मालिकहरुले ८८.४३ को न्यूनतम आईक्यू स्कोर गर्न सक्छन्।

अध्ययनमा फेला परेका विभिन्न रङका आधारमा सवारी मालिकहरुको आईक्यू स्कोर यस्ता छन्–