काठमाण्डौ। अमेरिकाको म्यासाचुुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) ले कोरोनाभाइरस नष्ट गर्ने रोबोट निर्माण गरेको छ। 

यो रोबटले आधा घन्टामा ४ हजार वर्गफुुट भएको गोदामको भुुइँलाई संक्रमण मुुुक्त गर्न सक्ने जनाइएको छ। यसको प्रयोग ठूला मल, स्कुुल, उद्योग कलकारखाना र विमानस्थलजस्ता स्थानहरुमा गर्न सकिनेछ। 

रोबोटको विकासका लागि एमआईटीको कम्प्युुटर साइन्स एन्ड आर्टिफिसियल इन्टिलिजेन्स लेबोरेटरीले अवा रोबोटिक्स तथा ग्रेटर बोस्टन फुुड बैंकसँग सहकार्य गरेको थियो। यो रोबोटले कस्टम यूभीसी किरणको प्रयोग गरेर सतहमा संक्रमण मुुक्त गर्ने काम गर्दछ र हावामा फैलिएको कोरोनाभाइरसको कणहरुलाई न्युुट्रिलाइज गर्ने गर्दछ। 

एउटा ठाउँबाट अर्काे ठाँउमा सजिलै लैजान सकिने यो रोबोटको माथिल्लो भागबाट छोटो वेबलेन्थ भएको अल्ट्राभायोलेट किरण निस्कने गर्दछ। यो किरणले जीवाणुुहरुलाई नष्ट गरेर उनीहरुको डीएनएलाई क्षतिग्रस्त गर्ने गर्दछ। यो प्रक्रियालाई अल्ट्राभायोलेट जर्मिसाइडल इरेडिएशन भन्ने गरिन्छ। 

सामान्यतया यो प्रक्रिया अस्पताल र चिकित्सक संस्थाहरुको सतहलाई संक्रमणमुुक्त गर्न प्रयोग गर्ने गरिन्छ। अनुुसन्धानकर्ताका अनुुसार यूभीसी किरण विभिन्न सतहमा रहेका ब्याक्टेरिया र भाइरसलाई नष्ट गर्न प्रभावकारी हुुने गर्दछ। तथापि यसले मानव स्वास्थ्यलाई नोक्सान पुुर्याउने गर्दछ। 

यो रोबाटले आफैँ काम गर्ने गर्दछ। यसलाई कुुनै पनि सुुपरभिजन र आदेशको आवश्यकता पर्ने गर्दैन। कोरोनाभाइरस हावाका माध्यमबाट फैलने गर्दछ र यो कुुनै पनि सतहमा कयौँ दिनसम्म जीवित रहन सक्दछ। 

सम्पूर्ण विश्वमा कोरोनाको संक्रमण रोकिने कुुनै संकेत देखिएको छैन। यस्तोमा स्कुुल, सुुपरमार्केट र अन्य सार्वजनिक स्थानहरु आफ्नो परिसरलाई संक्रमणमुुक्त गर्न सक्ने प्रभावकारी समाधानको उपायको चाहना राख्ने गर्दछन्। यस्तोमा यो रोबोटले उनीहरुको चाहनालाई पूरा गर्न सहयोग गर्ने अपेक्षा लिइएको छ। – एजेन्सी