काठमाण्डौ । पाकिस्तानमा भएको एउटा विवाह फरक कारणले चर्चाको विषय बनिरहेको छ। 

त्यहाँ बेहुली लिन जन्ती लिएर बेहुलीको घर पुुग्दा बेहुलालाई गिरफ्तारी गरेसँगै क्वारेन्टिन पठाइएको छ। प्रहरीले विवाह समारोह स्थलमा रेड मारेर अन्य १२ जना व्यक्तिसमेत गिरफ्तार गर्यो। 

पाकिस्तानको फैसलाबादमा लकडाउनका बीच विवाह गर्दा बेहुलालाई निकै भारी महँगो परेको छ। लकडाउनको उल्लघंनको आरोपमा प्रहरीले बेहुलीसमेत अतिथिहरुलाई पनि पक्राउ गरेको छ। 

कोरोनाभाइरसका कारण लागूू बन्दाबन्दी तोड्दै ५०० परिवारलाई भोज दिएको आरोप लगाइएको छ। सूूचना पाउनेबित्तिकै प्रहरीले तत्कालै १२ जनालाई पक्राउ गरी क्वारेन्टिनमा पठाइएको छ। 

पाकिस्तानमा कोरोनासंकटका कारण विवाहको आयोजनामा प्रतिबन्ध लागेको छ तर ४५० व्यक्तिहरु भोजमा सामेल थिए। विवाह समारोहमा नियमहरुको उल्लंघन गरेकोे खबर पाएपछि प्रहरीे सोही मौकामा क्वारेन्टिन पठाएका थिए।

प्रहरी विवाह समारोह भएको स्थल पुुग्दा ढोका र बत्ती बन्द थियो। पछाडिका ढोकाबाट अतिथिहरुलाई भित्र आउन दिइएको जाँचका क्रममा पत्ता लाग्यो। 

विवाह समारोहमा प्रहरीले छापा मार्नेबित्तिकै मानिसहरुको भागदौड मच्चिएको थियो। प्रहरीले बेहुलाबेहुली दुुवै पक्षका धेरै व्यक्तिहरुलाई पक्राउ गरी केस सुुरु गरेको छ। 

पक्राउ गरिएका १२ व्यक्तिमध्ये बेहुलाका पितासमेत छन्। मार्कीको मालिक र मेनेजर फरार हुुन सफल भए। मालिक र मेनेजरका विरुद्ध केस फाइल गर्न प्रहरीले निर्देशन दिइसकेको छ। 

त्यसपछि पाहुनाहरुको सूूची समीक्षा भइरहेको छ। उनलाई डर छ कि सामाजिक दूूरीको उल्लघंनले कोरोना संक्रमणको जोखिम बढाएको छ। – एजेन्सी