काठमाण्डौ । मर्जरपछि तिनाउ डेभलपमेन्ट बैंक लिमिटेड र मिसन डेभलपमेन्ट बैंक लिमिटेडले असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । 

नेपाल राष्ट्र बैंकबाट तिनाउ र मिसन डेभलपमेन्ट बैंकबीचको मर्जरले अन्तिम स्वीकृति पाएपछि दुवै बैंकको एकीकृत कारोबार सुरु हुन लागेको हो । मर्जरपछि तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट करोबार सुरु हुने भएको छ । 
 

दुवै बैंकले गत जेठ १७ गते विशेष साधारणसभा डाकेर मर्जर प्रक्रिया अगाडि बढाएका थिए । प्रदेश नम्बर ५ अन्तर्गत बुटवलमा मुख्य कार्यालय भएका यी दुई बैंक १स्१ को सेयर स्वाप अनुपातमा मर्ज भएका हुन् । 
 

तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय भने बुटवल ४ स्थित पाल्पारोडमा रहेको तिनाउ विकास बैंकको भवनमा रहनेछ ।
 

मर्जरपछि बैंकको चुक्ता पूँजी एक अर्ब १४ करोड रुपैयाँ र निक्षेप १० अर्ब १२ करोड र ऋण ८ अर्ब ८३ करोड पुगेको छ । 
 

मर्जरपछि बैंकको शाखा कार्यालयको संख्या ३७ पुगवेको छ । 
 

तिनाउ मिसनको अध्यक्षमा मिसन डेभलपमेन्ट बैंकका अध्यक्ष टिकाराम घिमिरेले निरन्तरता पाएका छन् । प्रमुख कार्यकारी अधिकृतमा भने तिनाउ विकास बैंकका प्रदिपकुमार श्रेष्ठ र नायव प्रमुख कार्यकारी अधिकृतमा मिसन डेभलपमेण्ट बैंकका हरिप्रसाद घिमिरे रहेका छन् ।