काठमाण्डौ । तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकबीच आइतबार मर्जर सम्झौता भएको छ । 

प्रदेश नम्बर ५ अन्तर्गत बुटवलमा मुख्य कार्यालय भएका यी दुई बैंक १ बराबर १ को सेयर स्वाप अनुपातमा मर्ज हुने भएका हुन् । 

सम्झौताअनुसार मर्जरपछि बैंकको नाम “तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड” रहनेछ भने केन्द्रीय कार्यालय बुटवल ४ स्थित पाल्पारोडमा रहेको तिनाउ विकास बैंकको भवनमा रहनेछ ।

राष्ट्रियस्तरको राम्रो बैंक बन्ने उद्देश्यले मिसन र तिनाउबीच मर्जर सम्झौता भएको हो । 

मर्जर सम्झौता समारोहमा दिइएको जानकारीपछि दुई बैंकबीच मर्जर भएपछि हकप्रद शेयर जारी हुनेछ । 

मर्जरपछि चुक्ता पूँजी एक अर्ब १४ करोड रुपैयाँ पुग्नेछ। निक्षेप १० अर्ब १२ करोड र ऋण ८ अर्ब ८३ करोड पुग्नेछ। 

यी दुई बैंक मर्जर भएपछि शाखा कार्यालयको संख्या ३७ पुग्नेछ। 

मर्जरपछि बन्ने तिनाउ मिसनको अध्यक्षमा अहिलेको मिसन डेभलपमेण्ट र्बैकका अध्यक्ष टिकाराम घिमिरेले निरन्तरता पाउने सम्झौता भएको छ भने  प्रमुख कार्यकारी अधिकृतमा तिनाउ विकास बैंकका प्रदिपकुमार श्रेष्ठ र नायव प्रमुख कार्यकारी अधिकृतमा मिसन डेभलपमेण्ट बैंकका हरिप्रसाद घिमिरे रहने छन् ।

यसअघि बुटवलमा विकास बैंकको रुपमा स्थापित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र भैरहवामा स्थापित पूर्णिमा विकास बैंकबीच समेत प्राप्ति सम्बन्धी सम्झौता भएको थियो ।