– रेखा चन्द
काठमाण्डौ । पुँजीबजार सुधार र विकासको माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) बाहिर आमरण अनशनरत तिलक कोइरालाको स्वास्थ्य अवस्था फेरि जटिल बनेको छ।
कोइराला गत असार १ गते आमरण अनशनमा बसेका छन्। आज आमरण अनशनको नवौँ दिन हो।
कोइरालाको स्वास्थ्य अवस्था जटिल बनेपछि त्यहाँ उपस्थित लगानीकर्ताहरुले धितोपत्र बोर्ड र बोर्ड अध्यक्षविरुद्ध चर्का नाराबाजी गरिरहेका छन्।
अवस्था जटिल बनेपछि कोइराला स्वास्थ्य परीक्षण गर्न चिकित्सक पुगेका छन्। उनको स्वास्थ्य परीक्षण भइरहेको छ। कोइरालालाई टाउको दुःख्ने, जीउ दुःख्ने, रिंगटा लाग्नेजस्ता समस्या देखिएका छन्। उनी मधुमेहका बिरामी पनि हुन्।
कोइरालालाई अस्पताल लैजाने विषयमा छलफल भइरहेको छ।
गत मंगलबार पनि कोइरालाको स्वास्थ्य अवस्था जटिल बनेपछि पाटन अस्पताल लगेर भर्ना गर्नुपरेको थियो।
पुँजीबजार सुधार संघर्ष समितिका संयोजक समेत रहेका कोइरालाले आज बिहान लेखेको पत्र धितोपत्र बोर्डले दर्ता गर्न अस्वीकार गरेको थियो।
सेबोन अध्यक्ष रमेशकुमार हमालद्वारा हिजो बुधबार प्रेषित पत्रमा लगानीकर्ताका एकीकृत १९ बुँदे माग सम्बोधन गर्नका लागि समस्या समाधान समिति गठन गरिनेछ भन्ने उल्लेख छ। पत्रमा आन्दोलन र आमरण अनशन अन्त्य गरेपछि मात्र उक्त समिति गठन हुने अडान लिइएको छ।
सेबोनको यही अडान अस्वीकार गर्दै संघर्ष समितिका संयोजक तिलक कोइरालाले आज बिहान पठाएको पत्र सेबोनको दर्ता शाखाले अस्वीकार गरेको हो। पत्रमा पहिले समिति गठन गर्नुपर्ने अडान लिइएको छ। त्यसपछि लगानीकर्ताले उठाएका माग बुँदागत पमा समयसीमासहित कार्यान्वयनको खाकामा सहमत भई हस्ताक्षर भएपछि मात्र आफूले अनशन तोड्ने स्पष्ट पारेका छन्।
39 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago