– रेखा चन्द

काठमाण्डौ । तिलक कोइरालाले आमरण अनशन तोडेका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर कोइरालाले अनशन तोडेका हुन्। 

पुँजी बजार सुधार र विकारका लागि कोइरालाले असार १ गतेदेखि सेबोन कार्यालयबाहिर अनशन थालेका थिए। दसौँ दिन उनले अनशन तोडेका हुन्। 

अनशन तोड्नुअघि पुँजीबजार सुधार संघर्ष समितिका संयोजकसमेत रहेका कोइराला र सेबोन अध्यक्ष हमालबीच १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको थियो। हस्ताक्षर सम्पन्न भएपछि कोइरालाले अनशन तोडेका हुन्।

कोइरालाले यो आन्दोलन र अनशन अन्तिम, निर्णायक र ऐतिहासिक भएको बताए। उनले माग कार्यान्वय हुने प्रतिबद्धताले पुँजीबजार, लगानीकर्ता, सेबोन र सरकारको जित भएको बताए। 

कोइरालाले आन्दोलनमा साथ दिने सबै लगानीकर्ता, मिडियाकर्मी, स्वास्थ्यकर्मी, लगानीकर्ताका संघसंगठनका नेताहरुलाई धन्यवाद दिए। ‘अब पुँजीबजार सुधारका लागि हामीले फेरि अनशन बस्नुपर्दैन, आन्दोलन गर्नुपर्दैन’, उनले भने।

कोइरालाले अध्यक्ष हमालले पुँजीबजार सुधारका लागि काम गरिरहेको, गर्नुहुने र अझै गर्ने अपेक्षा रहेको पनि बताए। 

सेबोन अध्यक्ष हमालले लगानीकर्ता र सेबोनको पुँजीबजार सुधारका अजेन्डा एउटै रहेको सबैजना आजैबाट काममा लाग्ने बताए। उनले सेबोनबाट पूरा हुन सक्ने माग कार्यान्वयन गर्दै जाने र अन्य निकाय राष्ट्र बैंक र सरकारले गर्नुपर्ने काममा समन्वय गर्ने प्रतिबद्धता पनि गरे। 

अहिले कोइरालालाई अस्पताल लैजाने तयारी भइरहेको छ। 

यस्तो खुमलटारमा लगानीकर्ता र सेबोनबीच भएको सहमतिपत्र–