काठमाण्डौ । सक्रिय लगानीकर्ता तिलक कोइरालाले आउँदो शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालय परिसरमा भेला हुन लगानीकर्ताहरुलाई अपिल गरेका छन्।
पुँजीबजार विकास र विस्तारका विभिन्न समयमा आन्दोलनको नेतृत्व गरेका कोइरालाले यसपटक पुनः लगानीकर्ताहरुलाई नेप्से परिसरमा भेला हुन अपिल गरेका हुन्। ‘पुँजीबजार विकासको बन्द भएको ढोका खोल्न आउने शुक्रबार बिहान १० बजे नेप्से जाऔँ’, कोइरालाले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्, ‘कोही नछुटौँ, नत्र पछुताउनुपर्ला।’
पछिल्लोपटक पुँजीबजारको सुधार र विकासका लागि विभिन्न माग राख्दै कोइरालाले गत असार १ गतेदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन) आमरण अनशन बसेका थिए। असार १० गते सेबोन अध्यक्ष रमेशकुमार हमालले १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेपछि कोइरालाले अनशन तोडेका थिए।
उक्त प्रतिबद्धतापत्रमा यसअघि सरकारद्वारा गठित अध्ययन समितिको ५८ बुँदे सुझावका बाँकी काम गर्न गराउन पुँजीबजारको समस्या सम्बन्धमा अर्थ मन्त्रालयसँग निकट रहेर काम गर्ने उल्लेख थियो।
तीमध्ये केही काम भएपछि अझै पनि पुँजीबजार सुधार र विकासका थुप्रै काम बाँकी रहेकोले लगानीकर्ता पुनः आवाज उठाउन कोइरालाले आह्वान गरेका हुन्।
10 minutes ago
41 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago