– प्रकाश न्यौपाने
काठमाण्डौ । पुँजीबजार सुधार र विकासको माग गर्दै आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुगेका सक्रिय लगानीकर्ता तिलक कोइरालालाई सुरक्षाकर्मीले पक्राउ गरेको छ।
पुँजीबजार विकास र विस्तारका विभिन्न समयमा आन्दोलनको नेतृत्व गरेका कोइरालाले केही दिनअघि लगानीकर्ताहरुलाई नेप्से परिसरमा भेला हुन अपिल गरेका थिए। ‘पुँजीबजार विकासको बन्द भएको ढोका खोल्न आउने शुक्रबार बिहान १० बजे नेप्से जाऔँ’, कोइरालाले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका थिए, ‘कोही नछुटौँ, नत्र पछुताउनुपर्ला।’
कोइरालाकै अपिलमा सेयर लगानीकर्ताहरु नेप्से परिसरमा भेला भएका थिए। कोइरालाले नेप्से अध्यक्ष चक्रबहादुर बुढासँग भेटेरमात्रै आफ्ना मागहरु सार्वजनिक गर्ने बताएका थिए।
उता नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने अध्यक्ष बुढा आज कार्यालय नआउने भएकोले अन्य कुनै दिन आउन कोइरालालाई जानकारी गराए। कोइरालाले भने आफूहरुलाई अध्यक्ष बुढालाई नभेटी नफर्किने अडान लिएर बसेका थिए।
लगानीकर्ताहरु भेला हुन थालेपछि नेप्से परिसरमा सुरक्षाकर्मीहरु परिचालित भएका थिए। सुरक्षाकर्मीहरुले निषेधित क्षेत्रमा भेला हुन नपाउने भन्दै अन्त्यै गएर भेला हुन आग्रह गरेका थिए। तर, कोइरालाले नमानेपछि उनलाई सुरक्षाकर्मीले पक्राउ गाडीमा हालेर लगेको छ।
पछिल्लोपटक पुँजीबजारको सुधार र विकासका लागि विभिन्न माग राख्दै कोइरालाले गत असार १ गतेदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन) आमरण अनशन बसेका थिए। असार १० गते सेबोन अध्यक्ष रमेशकुमार हमालले १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेपछि कोइरालाले अनशन तोडेका थिए।
उक्त प्रतिबद्धतापत्रमा यसअघि सरकारद्वारा गठित अध्ययन समितिको ५८ बुँदे सुझावका बाँकी काम गर्न गराउन पुँजीबजारको समस्या सम्बन्धमा अर्थ मन्त्रालयसँग निकट रहेर काम गर्ने उल्लेख थियो।
तीमध्ये केही काम भएपछि अझै पनि पुँजीबजार सुधार र विकासका थुप्रै काम बाँकी रहेकोले लगानीकर्ता पुनः आवाज उठाउन कोइरालाले आह्वान गरेका हुन्।
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago