काठमाण्डौ। पुँजीबजार सुधार र विकासका लागि आमरण अनशन बसेका तिलक कोइरालाको स्वास्थ्य अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ।
पुँजीबजार सुधार संघर्ष समितिका संयोजक कोइराला गत असार १ गतेदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन)को कार्यालयबाहिर आमरण अनशनमा बसेका छन्। आज पाँचौँ दिन स्वास्थ्य परीक्षणका लागि पुगेका चिकित्सकले कोइरालाको स्वास्थ्य जुनसुकै बेला गम्भीर बन्न सक्ने चेतावनी दिएका छन्।
डा अजित मल्लिकले आज कोइरालाको नियमित स्वास्थ्य परीक्षण गर्दै यस्तो चेतावनी दिएका हुन्। ‘उहाँ मधुमूहको बिरामी हुनुहुन्छ, त्यसैले विशेष ख्याल गर्नुपर्छ’, उनले भने।
आज कोइरालाको मिर्गौला र पिसाबको परीक्षण भएको छ। ‘यदि मिर्गौलामा कुनै खराबी देखियो भने उहाँ तुरुन्तै अस्पताल भर्ना गर्नुपर्ने हुन्छ’, डा मल्लिकले भने।
डा मल्ल्किका अनुसार कोइरालाको मुटुको चाल घट्दै गएको छ भने बीपीको अवस्था पनि बिग्रिँदै गएको छ। ‘उहाँको स्वास्थ्य अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ’, उनले भने, ‘कुनै पनि बेला गम्भीर अवस्था बन्न सक्छ।’
पुँजीबजार सुधार र विकासका लागि १९ बुँदे माग अघि सार्दै लगानीकर्ताहरुले गत जेठ २० गतेदेखि आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएको छ। आन्दोलनलाई निरन्तरता दिँदै आज लगानीकर्ताहरु नेपाल राष्ट्र बैंक घेरउ गर्न जाँदैछन्।
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago