– रेखा चन्द

काठमाण्डौ । पुँजीबजार सुधार र विकासका माग राख्दै आमरण अनशनमा बसेका तिलक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। 

कोइराला गत असार १ गतेदेखि खुमलटारस्थित नेपाल धितोपत्र बोर्डबाहिर आमरण अनशनमा बसेका छन्। अनशनको आज सातौँ दिन हो। 

अनशनस्थलमा नियमित स्वास्थ्य जाँचका लागि पुगेका चिकित्सक कोइरालको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बताएका छन्। उनलाई सास फेर्न कठिन भइरहेको छ। टाउको दुःख्ने, जीउ दुःख्ने, रिंगटा लाग्नेलगायतका समस्या पनि देखिएका छन्। 

चिकित्सकका अनुसार कोइरालाको अक्सिजन लेभल करिब ७० मा झरेको छ। उनको बीपी पनि निकै लो भइसकेको चिकित्सकको भनाइ छ। ‘हातबाट स्लाइन पनि दिन मिलेको छैन’, चिकित्सकले भने, ‘उहाँलाई तत्काल अस्पताल लैजानेपर्ने अवस्था छ।’

कोइराला भने आफूहरुले उठाएका १९ बुँदे माग पूरा नभएसम्म कहीँ नजाने अडान लिइरहेका छन्।