काठमाण्डौ । सेयर लगानी व्यवस्थापन सेवा अर्थात पोर्टफोलियो व्यवस्थापन सेवा प्रदायक कम्पनीहरुमध्ये छोटो समयमा मेगा क्यापिटल मार्केट्सले गुणात्मक र परिमाणात्मक हिसावले आफूलाई अब्बल साबित गर्न सफल भएको छ।
यस वर्षको हरितालिका तीजको उपलक्ष्यमा नारी सशक्तीकरणका लागि क्यापिटलले छुटसहित पोर्टफोलियो व्यवस्थापन सेवा प्रदान गर्नेछ। यसबाट नारीहरुले आत्मनिर्भरताका लागि सेयर बजारमा लगानी गरी आफ्नो भविष्य सुनिश्चित गर्न टेवा पुर्याउने विश्वास कम्पनीले राखेको छ।
आफूले पर्याप्त समय दिन असमर्थ हुँदा वा सेयर बजारसम्बन्धी जानकारी तथा अनुभव नभए पनि विशेषज्ञहरुबाट व्यावसायिक तवरले निःशुल्क लगानी व्यवस्थापन सेवा प्राप्त गर्न सक्नेछन्। उक्त सेवा न्यूनतम ३ लाख लगानीबाट आरम्भ गर्न सकिने तथा अपेक्षित प्रतिफल २० देखि २२ प्रतिशत रहनेछ।
विशेषज्ञहरुबाट लगानी व्यवस्थापन सेवा प्रदान गरिने भएकोले यो सेवा सुरक्षित रहने सम्भावना उच्च छ। उक्त सेवा भदौ १२ गतेदेखि असोज १२ गतेसम्म लागू हुनेछ।
यो सेवामा एएमसी पूर्ण रुपमा निःशुल्क हुनेछ। सो सेवा आफूसँग भएको सेयर हस्तान्तरण गरेर पनि प्रारम्भ गर्न सकिनेछ। पीएमएसको सम्पूर्ण जानकारी अनलाइनमार्फत वा प्रत्यक्ष भेटघाटबाट गराइनेछ।
इच्छिुक नारीहरुले उक्त सेवासम्बन्धी विस्तृत विवरणका लागि ९८५१०६७५६८, ०१–५३६२७७२ वा सीधा मेगा क्यापिटलमा सम्पर्क गर्न सक्नेछन्।
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago