काठमाण्डौ। थापाथलीस्थित नर्भिक अस्पतालले तीजको बिदाको दिन पनि ओपीडी सेवालाई सुचारु गर्ने भएको छ।
प्रायः अस्पतालहरुमा सार्वजनिक बिदाको दिन ओपीडी सेवा सञ्चालन हुँदैन। नर्भिकले भने तीजको बिदाका दिनसमेत सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर ओपीडी सेवा निश्चित अवधिका लागि सुचारु गर्ने निर्णय गरेको हो।
नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार तीजको सार्वजनिक बिदा परेको बिहीबार नर्भिकमा केही कन्सल्ट्यान्टहरुले ओपीडी सेवा दिनेछन्।
कार्डियोलोजीतर्फ डा. जेपी जैसवाल, अर्थोपेडिकतर्फ डा. सगुन जोशी, छातिरोग विशेषज्ञ डा. रमेश चोखानी, साइकाट्रिस्ट डा. यादव बिष्ट, कार्डियोतर्फ नै डा. शैलेन्द्र कुश्वाहा, युरोलोजिस्ट डा. सुनिल श्रेष्ठ, बालरोग विशेषज्ञ डा. अञ्जली बगेडिया, ग्यास्ट्रोलोजिस्ट डा. शशी, नाक, कान, घाँटी विशेषज्ञ डा. किरण राज र गाइनोकोलोजिस्ट डा. नूतन शर्माले ओपीडी सेवा दिनेछन्।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago