काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले हिन्दु नेपाली नारीहरुको महान चाड तीज र हिन्दुहरुको अर्को महान पर्व ‘बुवाको मुख हेर्ने दिन’ लाई लक्षित गरी विशेष हेल्थ प्याकेज घोषणा गरेको छ। 

नर्भिकले तीज पर्वको अवसरमा निकै सस्तो दरमा हेल्थ प्याकेज घोषणा गरेको हो। भदौ १२ गतेदेखि नै कार्यान्वयनमा आइसकेको तीज प्याकेजअन्तर्गत एउटा बेसिक प्याकेज छ भने अरु दुईवटा ब्रेस्टको यूएसजी र मेमोग्रामसहितको बेसिक प्याकेज छ। बेसिक प्याकेज लिँदा अरु बेलाको रेट रु. ८ हजार रहेकोमा तीजका अवसरमा रु. ६ हजार ६६६ कायम गरिएको छ। 

यस्तै ब्रेस्टको यूएसजीसहितको प्याकेजको मूल्य अरु बेला रु. १० हजार पर्नेमा तीजमा छुट गरी रु.७ हजार ७७७ कायम गरिएको छ। 
यसैगरी मेमोग्रामसहितको बेसिक प्याकेजको अरु बेलाको मूल्य रु. १३ हजार ४०० रहेकोमा तीजको अफरअन्तर्गत रु. ९ हजार ९९९ तोकिएको छ। 

बेसिक तीज प्याकेजअन्तर्गत सुगर रेन्डम, युरिक एसिड, लिपिड प्रोफाइल, युरिया, क्रेटिनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पीए, ईसीजी, अल्ट्रासाउन्ड, युरिन रुटिनलगायतका जाँच पर्नेछन्। यो प्याकेज भदौ २७ गतेसम्म लिन सकिने अस्पतालले जनाएको छ। 

यस्तै, नर्भिकले बुवाको मुख हेर्ने दिनका अवसरमा निकै सस्तो दरको प्याकेज घोषणा गरेको छ। अरु बेला रु. ८ हजार ६५० पर्ने प्याकेजलाई रु. ६ हजार ५०० मै उपलब्ध गराउने घोषणा गरिएको हो। यो प्याकेज पनि भदौ १२ गतेदेखि भदौ २७ गतेसम्म कार्यान्वयनमा रहनेछ। 

फादर्स डे प्याकेजमा ईएसआर, चेस्ट पीए, ईसीजी, सुगर रेन्डम, युरिक एसिड, लिपिड प्रोफाइल, युरिया क्रेटिनाइन, हेमाटोलोजी प्रोफाइल, प्रोस्टेट स्पेसेफिक एन्टिजेन, पोटासियम, युरिन रुटिनलगायतका जाँचहरु पर्नेछन्। 

यी दुवै प्याकेज लिनलाई नर्भिकको ल्यान्डलाइन नम्बर ०१–५९७००३२ तथा ९८४११८१२८१ मा सम्पर्क गर्न सकिनेछ।