काठमाण्डौ । इन्टरनेसनल ग्रीन डेभलपर्स नेपाल प्रालिको आयोजनामा भएको तीनदिने गोर्खा इको प्यानल जडान तालिम सम्पन्न भएको छ। 

स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेसन वालको रुपमा प्रयोग हुने गोर्खा इको प्यानल जडान तालिम सम्पन्न भएको हो।

कारखानामा पहिला नै तयार पारी निर्माणस्थलमा जोडेमात्रै पुग्ने गोर्खा इको प्यानल जोडने तरिकाबारे तालिम दिइएको हो। आयोजक संस्थाका वरिष्ठ प्राविधिक निरज हयोंगोजुलगायतले इको प्यानल जडान तालिम दिएका थिए। 

गोर्खा इको प्यानलको कारखाना भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ हनुमानचा भक्तपुरस्थित कारखानामा प्रशिक्षार्थीहरुलाई तालिम दिइएको थियो। सैद्धान्तिक भन्दा पनि गोर्खा इको प्यानल कसरी जोडछ भन्ने विषयमा अभ्यास गराई तालिम दिइएको थियो। तालिमका क्रममा गोर्खा इको प्यानलका विशेषताहरुबारे पनि जानकारी गराइएको थियो।  

तालिमका सहभागीहरुलाई अन्तिम दिन प्रमाणपत्रसमेत वितरण गरिएको छ। गोर्खा इको प्यानलका महाप्रबन्धक जीवन खाइतूले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए। 

कार्यक्रम महाप्रबन्धक खाइतूले नेपाल प्रहरीजस्तो उच्च गरिमा भएको संस्थाका व्यक्तिहरुलाई संस्थाले तामिल दिन पाएकोमा खुशी व्यक्त गरे। तालिमले दक्ष जनशक्ति तयार हुने र देशले दक्ष जनशक्तिको अभाब नहुने उनको भनाइ थियो। 

तालिम निःशुल्क रुपमा आयोजना गरिएको थियो। 

यस पटकको तालिममा नेपाल प्रहरीका प्राविधिकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए। नेपाली सेनाका इन्जिनियर, ओभरसियरलगायतका व्यक्तिहरु तलिममा सहभागी भएका थिए। 

गोर्खा इको प्यानलले समयसमयमा गोर्खा इको प्यानल जडान तालिम निःशुल्क रुपमा दिंदै आइरहेको छ। भविष्यमा पनि यस्ता तालिमहरुलाई जारी राख्ने कम्पनीले जनाएको छ। तालिमपछि रोजगारीको ग्यारेन्टीसहित निःशुल्क रुपमा तालिम दिँदै आएको कम्पनीले जनाएको छ। 

गोर्खा इको प्यानल नेपालमै पहिलोपल्ट उत्पादित आईएसओ प्राप्त प्यानल हो। यो हलुका, भूकम्पप्रतिरोधी छ। यसका साथै अग्नि प्रतिरोधी, ध्वनि प्रतिरोधीलगायतका कारणले यसको माग बजारमा अहिले अत्याधिक छ। 

नेपालमै पहिलोपल्ट आइएसओ ९००१ः२०१५ प्राप्त यो कम्पनीका इको प्यानल देशैभरि डिलरमार्फत बिक्रीवितरण पनि भइरहेका छन्। हिमाल, तराई अनि पहाडमा पनि उतिकै काम लाग्ने भएकाले कारणले पनि यसको माग पछिल्ला वर्षहरुमा अत्याधिक रहेको कम्पनीको भनाइ छ।