काठमाण्डौ । चीनमा फेरि कोरोना फैलिन थालेको छ।
चीनको वुहानबाट उत्तरपश्चिमका धेरै सहरमा फेरि एकपटक कोरोनाका केसहरु देखा परेपछि लकडाउन लगाइएको छ। यी क्षेत्रका भवनहरु सिल गरिएको छ। चीनमा बिहीबार लगातार तेस्रो दिन एक हजारभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएका छन्।
वुहान विश्वको पहिलो सहर हो। जहाँ कोरोनाको पहिलो केस फेला परेको थियो। त्यसपछि सन् २०१९ को अन्त्यमा यहाँ पहिलो लकडाउन लगाइएको थियो।
यो साता वुहानमा २० देखि २५ नयाँ कोरोनाका केस दर्ता भएका छन्। पछिल्लो १४ दिनमा वुहानमा २४० जनामा कोरोना संक्रमण देखिएको छ। स्थानीय प्रशासनले जिल्लाका ८ लाखभन्दा बढी मानिसलाई अक्टोबर ३० सम्म घरभित्रै बस्न निर्देशन दिएको छ।
सामाजिक सञ्जालमा भाइरल फोटो र पोस्टका अनुसार वुहानमा सुँगुरको मासु बिक्रीमा पनि प्रतिबन्ध लगाइएको छ। स्थानीय सुँगुरको मासु आपूर्ति शृंखलासँग जोडिएको कोरोनाको मामलाको कारणले यो कदम चालिएको हो। चीनको चौथो ठूलो सहर ग्वाङ्झाउ र यसको राजधानी ग्वाङ्डोङका धेरै क्षेत्र सिल गरिएको छ।
यसबाहेक चीनका ड्याटोङलगायत अन्य धेरै ठूला सहरमा सरकारले कोरोनालाई ध्यानमा राख्दै सावधानी अपनाएको छ। बेइजिङको युनिभर्सल रिसोर्ट थिम पार्क बुधबार एक आगन्तुकमा कोरोना संक्रमण देखिएपछि बन्द गरिएको छ।
चीनले कोरोनालाई मध्यनजर गर्दै निकै कडा शून्य कोभिड नीति लागू गरेको छ। यो नीतिअन्तर्गत कुनै पनि ठाउँमा कोरोनाको केस पनि आएमा त्यो क्षेत्र पूर्ण रुपमा बन्द गरिएको छ।
वुहानमा पहिलोपटक संक्रमण पुष्टि भएपछि राष्ट्रपति सी जिनपिङले यो नीति देशभर लागू गरेका थिए। तर, चीनको यो नीतिको आलोचना पनि भएको छ। –एजेन्सी
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago